बंगलादेशसंग बराबरी खेले पछि नेपाल बन्यो च्याम्पियन

ढाका । बंगलादेशमा सम्पन्न साफ यू–१५ फुटबल च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । शुक्रबार सम्पन्न खेलमा आयोजक बंगलादेशसँग १–१ को बराबरी खेलेसँगै नेपालले उपाधि जितेको हो । योसँगै नेपालले इतिहास रच्यो । नेपालले पहिलोपकट यू–१५ साफको उपाधि जित्दै इतिहास रचेको हो ।

ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही रंगशालामा नेपालका लागि सुशीला केसीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाइन् । दोस्रो हाफमा बंगलादेशले गोल फर्कार खेल १–१ को स्थितिमा आयो । सुशीलाले खेलको १४ औं मिनेटमा सुन्दर गोल गरेकी थिइन् । अन्तिम समयमा बंगलादेशले पेनाल्टी पाए पनि त्यसको सदुपयोग गर्न सकेन । सोही कारण ऊ उपाधि जित्न चुक्यो ।

यसपटक नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहँदै च्याम्प्यिन भएको हो । यही प्रतियोगितामा नेपालले भुटानलाई ७-० र १-० तथा बंगलादेशलाई १-० ले पराजित गरेको थियो । भुटानलाई ८-० र ९-० ले पराजित गरेको बंगलादेशले नेपालसँग १-० को हार व्यहोर्‍यो ।