बंगलादेशमाथि श्रीलंकाको शान्दार जित

एजेन्सी, आइसिसी ट्वान्टी २० विश्वकपमा बंगलादेशले दिएको १७२ रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा ५ विकेटको क्षतिमा पुरा गरे ।

बंगलादेशले २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १७२ रनको लक्ष्य दिएको थियो ।

मोहामद नैम शेखले बंगलादेशका लागि अर्धशतकिय पारी खेले । उनले ५२ बलमा ६ चौका प्रहार गर्दै ६२ रन बनाए ।

त्यस्तै, मुस्फिकुर रेहमानले अविजित रहदै ५७ रन जोडे ।

बंगलादेशका लागि बलिङ तर्फ साकिब अल हसनले दुई विकेट झारे । सैफादुन र नसुम अहमेदले एक एक विकेट लिए ।

श्रीलंकाका बलर करुनारत्न, फर्नान्दो र कुमारुले एक एक विकेट लिएका थिए ।

ब्याटिङ तर्फ श्रीलंका लागि असालन्काले र राजापक्साले अर्धशतकिय पारी खेल्दै जित सुनिस्चित पारे ।