बंगबन्धु गोल्ड कप – पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित

साविक विजेता नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्ड कपमा यसपटक हारबाट यात्रा सुरु गर्नेछ । आफ्नो पहिलो खेलमा मंगलबार नेपाल ताजकिस्तानसँग 2–0 ले पराजित भएपछि उपाधि रक्षाको अभियान कठिन मोडमा पुगेको छ ।

समूहमा रहेका तीन टोलीमध्ये शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन् । २७ औं मिनेटमा फाथ्खुल्लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको थियो। नेपाली टोलीका रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पेनाल्टी पाएको थियो ।

फाथुएल्लोभले कुनै गल्ति विना गोल गर्दै ताजकिस्तानलाई अग्रता दिलाए । नियमित कप्तान विराज महर्जन घाइते भएपछि नीराजन खड्काले टोलीको कप्तानी सम्हाले । विराजको ठाँउमा सुमन मैदान प्रवेश गरेका थिए ।