बंगबन्धु गोल्ड कप : ताजिकिस्तान बिरुद्ध नेपालको सुरुवाती ११ घोषणा

बंगबन्धु कपको पहिलो खेलमा नेपालले ताजिकिस्तानको सामना गर्दैछ ‌। खेलमा लागि नेपालको सुरुवाती रोजाई सार्वजनिक भएको छ ।

नेपालका लागि मिडफिल्डर तेज तामाङले डेब्यु गर्ने भएका छन् । रोहित चन्द टोलीमा नहुँदा उनले रक्षात्मक मिडफिल्डको भूमिका निभाउने छन् । नेपाल पुलिस क्लबमा अाबद्ध तेजले यू२३ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । किरणको स्थानमा विकेश कुथुले पोस्ट सम्हाल्ने छन् ।

नेपाली टोली :

विकेश कुथु; विराज महर्जन (कप्तान), अनन्त तामाङ, अादित्य चौधरी, दीनेश राजवंशी; निराजन खड्का, विशाल राई, तेज तामाङ; सुजल श्रेष्ठ, सुनील बल; विमल घर्ती मगर