फ्रेन्ड्स क्लबबिरुद्ध त्रिभुवन आर्मी क्लबको जित

कतार एर्वेज शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई त्रिभुवन आर्मी क्लबले हराएको छ ।

सातदोबाटो स्थित एन्फा कम्पेल्समा भएको खेलमा आर्मीले पहिलो हाफमा अग्रता लिन सफल भयो । नवयुग श्रेष्ठले खेलको दोस्रो मिनेटमा गोल गर्दै आर्मीले १-० को अग्रता बनाएको हो ।

दोस्रो हाफमा फ्रेन्ड्स क्लबले खेल बराबरीमा ल्यायो । ५१ औं मिनेटमा फ्रेन्ड्सका जर्सी नम्बर ११ का खेलाडीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्यायो ।

८१ औं मिनेटमा आर्मीका जर्सी नम्बर १५ का खेलाडीले गोल गर्दै २-१ ले जित्न सफल भयो ।