फ्रेन्ड्स क्लबको लगातार दोस्रो हार

ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा एनआईबिएल फ्रेन्ड्स क्लबमाथि रोमाञ्चक जित निकालेको छ । बिबिसीको दोस्रो खेलमा यो पहिलो जित हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा बिबिसीले फ्रेन्ड्समाथि २–० को जित निकालेको हो । ८७औं मिनेटमा जय गुरुङले पेनाल्टी बक्सभित्रबाट गोल गर्दै बिबिसीलाई अग्रता दिलाए ।

इन्ज्युरी समयको पहिला मिनेटमा रोशन रानामगरले गोल गर्दै बिबिसीको अग्रतार्लाइ दोब्बर पारेका थिए । त्यसअघि दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेको थियो ।

बिबिसी पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित भएको थियो । फ्रेन्ड्सको यो लगातार दोस्रो हार हो । यसअघि फ्रेन्ड्स पहिलो खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग २–१ ले पराजित भएको थियो ।

आजै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा उपाधि दाबेदारका रुपमा हेरिएको मछिन्द्र क्लब र च्यासल युथ क्लबले १–१ को बराबरी खेलेका थिए ।