फ्रेन्च सुपरस्टार साइन गर्न लिभरपूल ठुलो रकम खर्च गर्न तयार

लिभरपुल पिएसजीका सुपरस्टार किलियन एम्बाप्पे साइन गर्न आउँदो गर्मीमा सक्रिय हुने खबर छ। खबर अनुसार लिभरपूल एम्बाप्पे साइन गर्न छलफल गर्दै छन् र उनी रेड्सको मुख्य प्राथमिकता हुने छन्।

एम्बाप्पेले पिएसजी छोड्ने चर्चा छ भने उनको नयाँ गन्तव्य रियल म्याड्रिड वा लिभरपूल हुन सक्ने सम्भावना धेरै रहेको कुरा छ।

लिभरपुलका कोच क्लोप पनि उनको ठुलो फ्यान हुन् र उनी एम्बाप्पेका बुवा संग नियमित वार्तामा भएको खबर छ।

क्यानल प्लसका अनुसार क्लोप ट्रान्सफर सूचीमा किलियन शीर्ष स्थानमा छन् र टोलीलाई पुन: प्रेरणाको आवश्यकता छ भन्ने मान्यता दिँदै – विशेष गरी आक्रमणमा नयाँ प्रतिभाको रुपमा एम्बाप्पे साइन गर्ने क्लोपको योजना हुने खबर छ।

क्लबका मालिक एफएसजी पनि लिभरपुलमा युवा स्टार भित्राउनेबारे सकारात्मक छन् भने एम्बाप्पेको पिएसजी सम्झौतामा मात्र १८ महिना बाँकी रहेको छ।