फ्रेन्च वन्डरकिड साइन गर्ने दौडमा लिभरपुल

प्रिमियर लिग क्लब लिभरपुल रेनेसका फ्रेन्च वन्डरकिड एडुआर्डो कामाविन्गा साइन गर्न इच्छुक रहेको खबर छ। द डेली एक्सप्रेसका अनुसार रेड्सले फ्रेन्च वन्डरकिड एडुआर्डो कामाविन्गामा आफ्नो नजर राखेको छ।

मिडफिल्डर जर्जिनियो विज्नाल्डमले लिभरपुल छोड्ने भए पछि लिभरपुल उनको विकल्पको खोजीमा छन् र एडुआर्डो कामाविन्गा उनको दीर्घकालीन विकल्प हुन सक्ने क्लबको विश्वास रहेको जानकारी छ।

क्लोप कामाविन्गाको प्रशंसक हुन् र कामाविन्गाले रेनेस सँग सम्झौता विस्तार गरेको छैन जसको फाइदा लिने क्लोपको योजना छ।

१८ वर्षका कामाविन्गाको खेल निकै राम्रो छ भने उनले फ्रेन्च राष्ट्रिय टिमबाट पनि डेब्यु गरेका छन्।

उनलाई साइन गर्न अन्य क्लब पनि इच्छुक छन्। ला लिगा क्लब रियल म्याड्रिडको नजर धेरै समय देखि उनी माथि रहेको छ। फ्रेन्च कोच जिदान उनी सँग नजिक रहेको पनि चर्चा छ।