फ्रेन्च लिग फुटबलको उपाधि पेरिस सेन्ट जर्मेनलाई

फ्रेन्च लिग फुटबल लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा दोस्रो स्थानको मोनाकोलाई ७ – १ ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो ।

जित दिलाउन एन्जल डी मारिया र जियोभानी लो सेल्सोले समान दुई दुई गोल गरे । यस्तै एडिन्सन काभानी र जुलियन ड्राक्सलरले समान एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । साबिकको विजेता मोनाकोका राडमेल फाल्काओले आत्मघाती गोल गर्दा रोनी लोपेसले एक गोल फर्काएका थिए ।