फ्रेन्च लिगमा पिएसजीको शानदार जित

पिएसजीले फ्रेन्च लिगमा शानदार सुरुआत गरेको छ। पहिलो खेलमा पिएसजीले घरेलू मैदानमा निमेजलाई ३-० ले हरायो।

आइतबार राति भएको खेलमा पिएसजीले खेलको २४ औं मिनेटमा काभानीले गोल गर्दै १-० को अग्रता दिलाएका थिए। उनले पेनाल्टीमा गोल गरेका थिए।

त्यसपछि खेलको ५६औं मिनेटमा एमबाप्पले गोल गरे । ६९औं मिनेटमा फेरि पिएसजीले गोल थपे। एन्जल डि मारियाले पिएसजीका लागि तेस्रो गोल गरे । एमबाप्पेको पासमा उनले गोल गरेको हो।

त्यसपछि थप गोल भएन र खेल पिएसजीले ३-० ले जिते। यो खेलमा नेइमार भने टोलीमा थिएन।