फ्रेन्च युवा स्टार साइन गर्ने दौडमा रियल सामेल नहुने

फ्रेन्च क्लब रेन्सका युवा स्टार खेलाडी एड्वार्डो कामाविङालाई साइन गर्ने दौडमा ला लिगा क्लब रियल म्याड्रिड सामेल नहुने खबर छ। एड्वार्डो कामाविङालाई साइन गर्न प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड नजिक रहेको र चेल्सी युनाइटेडलाई चुनौती दिन तयार रहेको खबर आउँदै गर्दा रियल म्याड्रिड भने निष्क्रिय हुने खबर छ।

जिदानको नेतृत्वमा एड्वार्डो कामाविङा साइन गर्ने रियलको प्राथमिकता रहेको थियो भने उनलाई रियलमा भित्राउन जिदान धेरै इच्छुक थिए तर हाल क्लबबाट जिदानको प्रस्थान पछि रियलले आफ्नो योजनाहरू परिवर्तन गरेको देखिन्छ।

८ वर्षका मिड्फिल्डर कामाविङा र रियल म्याड्रिडको धेरै समय देखि जोडिएको थियो भने हाल खबर अनुसार उनलाई साइन गर्ने दौडमा म्यान र चेल्सीको प्रतिस्पर्धा हुँदै गर्दा रियलले आफ्नो ध्यान पिएसजीका स्टार एम्बाप्पेमा मात्र दिने जानकारी छ।

१८ वर्षका फ्रेन्च मिड्फिल्डर कामाविङाले आफ्नो राष्ट्रिय टोकिला लागि ३ खेल खेल्नुका साथै एक गोल पनि गरी सकेका छन्। उनलाई युरोपकै युवा प्रतिभाशाली खेलाडीहरू मध्ये एकको रुपमा लिइएको छ।