फ्रेन्च खेलाडी भित्र्याउने डौडमा युनाइटेड र सिटि

एजेन्सी, बायन म्युनिखका खेलाडी किङ्स्ली कोमन भित्र्याउन डौडमा इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका साथसाथै अर्का इङलिस क्लब म्यान्चेस्टर सिटि पनि छिरेको छ। रिपोर्टका अनुसार फ्रेन्च खेलाडी कोमन भित्र्याउने डौडमा दुई छिमेकी क्लब म्यान्चेस्टर युनाइटेड र सिटि छन्। यसका साथसाथै कोमन पनि प्रेमियर लिग आउन इच्छुक रहेको बताइएको छ।

रिपोर्टका अनुसार बायन म्युनिखले उनको पारिश्रमिक वृद्धिको माग अस्विकार गरेकाले उनी बायनसँग नयाँ सम्झौतामा हस्ताक्षर गर्न अनिच्छुक देखिएका हुन्। बायन म्युनिखमा अनुबन्ध हुनु अघि उनी इटालीयन क्लब युभेन्टस र फ्रेन्च क्लब पि.एस.जिका खेलाडी थिए।
२५ वर्षका किङ्स्ली कोमन बायनमा २०२३ सम्म अनुबन्धित छन्। उनको मूल्य ५० मिलियन पाउन्ड भन्दा बढी रहेको मानिएको छ। गत सिजन उनले बायनका लागि ३९ खेलमा ८ गोल र १५ असिस्ट गर्न सफल भएका थिए।