फ्रेन्च क्लब पीएसजी नेइमारसँग रुस्ट

पछिल्लो समय नेइमार स्पेनिस क्लब बार्सिलोना फर्कन चाहेको हल्ला धेरै छ ।

सोमबार सिजनको पहिलो अभ्यास खेलमा उपस्थित नभएको कारण क्लबका पदाधिकारी नेइमारदेखि रिसले चुर परेका छन्।

फ्रेन्च क्लब पीएसजीका खेल निर्देशक लियोनार्दोले सबैलाई उपयुक्त हुने प्रस्ताव आएमा नेइमारले बेच्ने बताए छ। उनले नेइमारलाई बेच्न पीएसजीलाई अहिलेसम्म उपयुक्त प्रस्ताव नआएको र बार्सिलोनासँग सामान्य कुराकानी मात्र भएको खुलासा गरे।

नेइमार दुई बर्षअघि कीर्तिमानी २२२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए। लियोनार्दोको अनुसार क्लबलाई माया गर्ने खेलाडी पीएसजीलाई चाएको पनि बताएका छन्। उनले थपे ‘पिएसजीसँग यस्तो खेलाडी होस्, जो यहाँ बसेर धेरै राम्रो गर्न सक्छ। जो क्लबलाई मन पराउँदैन, त्यो खेलाडी क्लबलाई चाहिँदैन’।

पीएसजीले अभ्यासमा नआएका नेइमारलाई कारबाही गर्ने तयारी पनि गरेको छ।