फ्रेन्च अोपनको सेमिफाइनल खेलमा स्विट्जरल्यान्डका रोजर फेडेरर र स्पेनका राफेल नाडाल बिच हुने भएको छ। यो खेल आउँने शुक्रबार हुने छ।
फ्रेन्च अोपन प्रतियोगितामा दुई बिचको यो दोस्रो भेट हो। फेडेरर ६ वर्षपछि सेमिफाइनलमा पुग्न सफल हुँदा नाडालले १२ औं पटक सेमिफाइनल पुगेको हो।
सेमिफाइनल पुग्न फेडेररले स्टेन वावरिन्कालाई ७–६, ४–६, ७–६ र ६–४ ले पराजित गरे। यसै गरी नाडालले केई निशिकोरीलाई ६–१, ६–१, ६–३ ले पराजित गर्दे सेमिफाइनलमा फेडेरर सँग भिडन्त पक्का गरे।
Roger Federer and Rafael Nadal are well and truly set to renew their rivalry at Friday’s French Open semifinal, their first face-off since October 2017 https://t.co/SrN0QvuaQ7
— The New York Times (@nytimes) June 5, 2019