फ्रेन्की डे जोंगले बार्सिलोना विरुद्ध उजुरी दर्ता गर्ने

बार्सिलोनाका स्टार मिडफिल्डर फ्रेन्की डे जोंगले बार्सिलोनाविरुद्ध कानुनी कारबाहीको माग गर्दै उजुरी दर्ता गर्ने जानकारी छ।

बार्सिलोना फ्रेन्की डे जोंगलाई बेच्न चाहन्छ तर डे जोंग क्लब छोड्न तयार रहेका छैनन् भने बार्साले उनलाई तलब कटौती स्वीकार गर्न पनि दबाब दिँदै आएको छ जुन फ्रेन्की डे जोंगले गरेका छैनन् भने सो कारण मिडियामा फ्रेन्की डे जोंगको नकारात्मक कुरा फैलिएको छ र फ्यानहरू सँग पनि उनको सम्बन्ध बिग्रेको छ।

खबर अनुसार डे जोंग बार्सिलोनासँग खुसी छैनन् र बार्साले उनी विरुद्ध मिडियामा अभियान सुरु गरेको विश्वास डे जोंगको रहेको छ र बार्सा विरुद्ध कानुनी प्रक्रिया सुरु गर्न डे जोंग तयार रहेको रिपोर्ट छ।

डे जोंगका वकिलहरूले एएफई, फिफप्रो र ला लिगालाई बार्सिलोनाले डे जोंग प्रति गरेको व्यवहारको वारेमा गुनासो गर्न सम्पर्क गरेको रिपोर्ट रहेको छ।

आफ्नो नयाँ खेलाडीहरू दर्ता गर्न डे जोंगलाई बेच्ने बार्साको योजना रहेको छ। डे जोंगलाई साइन गर्न म्यान्चेस्टर युनाइटेडले धेरै प्रयास गरेको थियो तर डे जोंगले क्लब छोड्न अस्वीकार गरे पछि बार्सा उनी सँग खुसी थिएन भने उनलाई तलब कटौती गर्न बार्साले दबाब दिँदै आएको छ।