प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि निकै उत्कृष्ट जित निकालेको थियो। आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको हो र हाल सो खेलको एक हास्यास्पद भिडियो भाइरल हुँदै गएको छ।
Football is such an innovative sport these days…… 🤣🤣#StadiumAstro pic.twitter.com/VnKmeYbEG8
— Stadium Astro 😷 (@stadiumastro) February 7, 2021
खेलको ४३औ मिनेटमा लिभरपुलले निकै राम्रो ठाउँबाट फ्री किक पाएको थियो र सिटीका खेलाडीहरू सो किकलाई गोल हुनबाट रोक्न वाल सिर्जना गर्दै थिए र सिटीका स्टार डिफेन्डर रुबेन डियासले वाल तल बसेका ओलेक्सान्डर जिन्चेन्कोको ठाउँ मिलाउन उनको टाउको समातेर उनलाई ताने।
Dias dragging Zinchenko into place behind the wall… pic.twitter.com/wTHroRFtCE
— Paddy Power (@paddypower) February 7, 2021
डियासको प्रयासबाट ओलेक्सान्डर जिन्चेन्को केही चकित भएको देखिन्छ भने हाल सो प्रयासको सामाजिक सञ्जालमा धेरै चर्चा हुँदै गरेको छ भने रुबेन डियासको धेरै मिम पनि आउन सुरु भएको छ।
Ruben Dias pulling Oleksandr Zinchenko by the neck to get him in the correct position behind the wall 😭#LIVMCI pic.twitter.com/lGVGs6eeCf
— Amazon Prime Video Sport (@primevideosport) February 7, 2021
सो जितको लागि लिभरपुलको मैदानमा इल्के गुण्डोगानले दुई गोल गरे । रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक एक गोल गरेका थिए।
जितसँगै सिटीले २२ खेलमा ५० अङ्क जोडेको छ । लिभरपुलले भने २३ खेलमा ४० अङ्क जोडेको छ ।