फ्री किक ब्लक गरे पछि डेभिड लुइजले सेलिब्रेट गरे पछि उनको आलोचना

शनिवार भएको प्रिमियर लिगको खेलमा अर्सेनल र म्यानचेस्टर युनाइटेड बिचको खेल ०-०मा अन्त्य भएको थियो। खेल सोचेको जस्तो रोमाञ्चक नभएको धेरैले गुनासो गरे भने पूर्व म्यानचेस्टर युनाइटेड स्टार रोय केनले दुवै टिमको आलोचना गरे।


रोय केनले अर्सेनलका डिफेन्डरको मानसिकता प्रति आलोचना गरे। डि-बक्स बाहिरबाट ब्रुनो फर्नांडीसले प्रहार गरेको फ्री किक वालबाट ब्लक गरे पछि डेभिड लुइजले सेलिब्रेट गरेको देखिन्छ र सो परे युनाइटेडका लेजेण्ड जो हाल फुटबल पन्डिट रहेका छन् आलोचना गरे।

“र यो आर्सेनलका लागि हाइलाइट हो – लुइज यस्तो देखिन्छ कि उनले त्यहाँ गोल गरेका छन्!” केनले मजाक गरे।

“उनी त्यहाँ आफ्नो काम गरेकोमा खुसी छन्। सायद यो नै उहाँको लागि खेलको ठुलो हाइलाइट हो”

केनले थप्यो: “यो खेल राम्रो रहेन, म निराश भएको छु। मलाई लाग्छ कि यो लगभग एक आरक्षित खेल जस्तै भएको छ।