फ्री एजेन्ट हुने क्रममा रहेका प्रिमियर लिग स्टार साइन गर्ने बार्सिलोनाको योजना

ला लिगा क्लब बार्सिलोना क्रिस्टल प्यालेसका स्टार विंगर विल्फ्रेड जाहालाई साइन गर्न धेरै इच्छुक रहेको जानकारी छ।

धेरै समय देखि प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका एक महत्त्वपूर्ण खेलाडीको रूपमा रहेका विल्फ्रेड जाहाको सम्झौता प्यालेस सँग अन्त्य हुने क्रममा छ। जाहाको सम्झौता २०२३मा अन्त्य हुने छ भने उनी फ्री एजेन्ट बन्ने क्रममा रहेको बेला बार्साको निगरानी उनको अवस्थामा रहेको रिपोर्ट छ।

विल्फ्रेड जाहाको प्रदर्शन प्रिमियर लिगमा धेरै समय देखि राम्रो रहेको छ भने उनी हाल क्लब छोड्न इच्छुक रहेका छन् र उनले क्रिस्टल प्यालेस सँग सम्झौता विस्तार नगर्ने निर्णय लिएका छन्।

 

फ्री एजेन्ट हुने क्रममा रहेका विल्फ्रेड जाहा भने बार्साले साइन गर्ने योजना बनाएको रिपोर्ट छ भने जाहाको नाम प्रिमियर लिगका आर्सनल र लिभरपुल सँग पनि जोडिएको छ।

हाल सम्म उनले क्रिस्टल प्यालेसको लागि ४४२ खेल खेल्दै ८९ गोल र ७५ असिस्ट गरेका छन्।