बायर्न म्युनिखका स्टार डिफेन्डर डेविड अलबा फ्री एजेन्ट हुने क्रममा छन् र उनलाई साइन गर्न धेरै क्लबहरु इच्छुक छन्।
Real Madrid are leading the race to sign David Alaba. Talks with his agent are now ‘progressing’ in order to reach an agreement as a free agent, but *not* signed yet.
He received approaches from 5 different club – and he always had the dream of playing for Real ⚪️ #realmadrid https://t.co/m6OTaxfFIg
— Fabrizio Romano (@FabrizioRomano) January 4, 2021
हाल फाब्रीजियो रोमानोका अनुसार डेविड अलबालाई साइन गर्ने मुख्य दुबेदर रियल म्याड्रिड रहेका छन्। रोमानोका अनुसार अलबा र रियल बीच वार्ता भएको छ उनलाई साइन गर्ने दौडमा रियल धेरै अगाडी छन्।
यद्यपि दुई बीच कुनै पनि सम्झौता भने भएको छैन र वार्ता निकै सकारात्मक रहेको फाब्रीजियो रोमानोले दाबी गरेका छन्।
रोमानोका अनुसार बायर्न म्युनिखका स्टार डिफेन्डर साइन गर्न पाँच क्लबहरु प्रतिस्पर्धामा छन्।
उनलाई साइन गर्न इच्छुक रहेको क्लबहरुमा चेल्सी, म्यान्चेस्टर युनाइटेड, रियल म्याड्रिड जस्तो क्लबहरु रहेका छन्।
खबर अनुसार आउँदो दिनमा रियलले उनलाई साइन गर्न प्रयास गर्ने छन्। चेल्सी, म्यान्चेस्टर युनाइटेडको पनि उनि सम्बन्धित गतिविधि हुन सक्ने पनि खबर छ।