फ्री-एजेन्ट रहेका डिफेन्डर इजेक्विल ग्यारे साइन गर्न बार्सिलोना र लिभरपूल बीच प्रतिस्पर्धा हुने खबर छ।
❗Barcelona and Liverpool are interested in Ezequiel Garay. [SPORT] pic.twitter.com/7udINACs5W
— FC Barcelona Fans Nation (@fcbfn10) November 27, 2020
बार्सिलोना हाल नयाँ डिफेन्डरको खोजीमा रहेको छ र म्यान सिटीका स्टार एरिक गार्सिया बार्साको मुख्य लक्ष्य रहे पनि क्लब उनलाई जनवरीमा साइन गर्न असफल हुने देखा परे पछि बार्साले आफ्नो ध्यान अन्य विकल्पमा लाग्ने खबर छ।
बार्साको आर्थिक अवस्था हाल धेरै राम्रो छैन र सिटी संग पनि बार्सा सम्झौतामा पुग्न असफल हुदै गरेको बेला बार्सा अब अनुभवी अर्जेन्टाइन डिफेन्डर इजेक्विल ग्यारे साइन गर्ने दौड सामेल हुने खबर छ।
Ezequiel Garay has been offered to both Barcelona & Liverpool – both clubs have been hit with crucial injuries to their defenders, and are keeping a close eye on the 34-year old free agent as a possible ‘emergency’ solution.
— The Kopite News (@TheKopiteNews) November 27, 2020
अर्जेन्टाइन डिफेन्डर हाल फ्री एजेन्ट रहेका छन् र उनि छोटो समयको विकल्प हुन सक्ने छन्। लिभरपूल पनि उनलाई साइन गर्न इच्छुक रहेका छन् भने बार्सा र लिभरपूल बीच सो खेलाडीको लागि प्रतिस्पर्धा हुने खबर छ।
दुवै क्लबका मुख्य डिफेन्डर चोटग्रसित छन् र दुवै छोटो समयको विकल्पको रुपमा खेलाडीको खोजीमा छन्।