फ्रान्स विजय

एजेन्सी, फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा साविक विजेता फ्रान्सले साँघुरो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा फ्रान्सले बोस्निया र हर्जगोभिनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यानले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गरे । एड्रिनको पासमा उनले उत्कृष्ट हेडर गोल गरेका थिए ।

जितसँगै फ्रान्सले ३ खेलमा ७ अंक जोडेको छ ।

फ्रान्स डी समूहको शीर्ष स्थानमा रहेको छ । बोस्निया १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।