फ्रान्स र पोर्चुगलको बराबरी

नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडेका छन् ।

आईतबार राति फ्रान्सको पेरिसमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

केलियन एम्बाप्पे र क्रिस्टियानो रोनाल्डो गोल गर्न असफल रहेको खेलमा विश्वकप विजेता र युरो कप विजेताले बराबरीको नतिजा आत्मसाथ गरे ।

३५ वर्षिया युभेन्ट्सका फरवार्ड रोनाल्डो १ सय १ अन्तराष्ट्रिय गोलमा यथावत रहे । पोर्चुगल फ्रान्सेली मैदानमा सन् २०१६ को युरोकपको जित दोह¥याउन असमर्थ रह्यो ।

२१ वर्षिया एम्बाप्पले व्यक्तिगत कला सहित केही राम्रा प्रयास सिर्जना गरेपनि उल्भ्सका गोलकिपर रुइ पेट्रिकियोले निराश बनाए ।

 

करिब हजार दर्शक सामु खेल गराईएको थियो ।

नेसन्स लिगको सबैभन्दा ठुलो खेलले सन् २०१६ को युरो फाइनलको झल्को लिएको थियो । फ्रान्सेली मैदानमा पोर्चुगलले अप्रत्यासीत रुपमा फाइनल उपाधि जितेको थियो ।

त्यसपछि फ्रान्सले सन् २०१८ को विश्वकप र पोर्चुगलले सन् २०१९ को नेसन्स लिगको उपाधि जितेको थियो ।

समूह चरणमा दुवै टिमले समान ७ अंक बटुलेका छन् ।