फ्रान्स राष्ट्रिय टिम भित्र दुई स्टार बिच तनाव

युरो कप २०२०मा फ्रान्सले पहिलो खेल खेल्न अगाडी टिमका दुई खेलाडी बिच केही तनाव रहेको धेरै चर्चा भएको थियो।

टिमका युवा स्टार किलियन एम्बाप्पे र फ्रान्सका अनुभवी स्ट्राइकर ओलिभर जिरुड बिच केही तनाव भएको धेरै चर्चा भएको थियो भने हाल एम्बाप्पेले सो कुराको पुष्टि गरेका छन्। बुल्गारिया विरुद्धको खेलमा आफूले राम्रो ठाउँमा रन बनाउँदा पास नपाएको भनेर जिरुडको गुनासो रहेको थियो भने केही खेलाडीको ’boutमा उनले आलोचना गरेका थिए र सो गुनासोहरूबाट एम्बाप्पे खुसी नरहेको खबर छ।

दुई बिचको तनाव ’bout सार्वजनिक रूपमा कोच डिडिएर डेसच्याम्पले बोलेका छैनन् भने हाल फ्रान्सका युवा स्टार एम्बाप्पेले सो ’bout खुलाएका छन्।

“मैले जिरुडसँग कुरा गरे। सबैलाई थाहा छ के भयो,” एम्बप्पेले एक प्रेस सम्मेलनमा भने।

“यो सत्य हो कि म यसबाट अलि बढी प्रभावित भएको थिएँ। तर हामी यसलाई ठुलो कुरा बनाउने छैनौँ किनकि हामी यहाँ फ्रान्सलाई प्रतिनिधित्व गर्न आएका छौँ, त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

“उनले भनेको कुराले मलाई असर गर्दैन, म स्ट्राइकर हुँ र उनको जस्तो भावना खेलमा मैले धेरै पटक भोगेको छु।

“मैले उनलाई लकर रुममा बधाई दिएँ, उनले मलाई केही भनेनन् र मैले सबै कुरा मिडियाबाट सुने। उनले केही पनि खराब भनेनन्।

“सार्वजनिक रूपमा यस ’bout कुरा गर्ने अर्को कुरा हो, म भएको भए यस्तो कुरा लकर रुममा गर्थे। तर यो कुनै समस्या होइन, यी सानो तनाव हो। टिमले यसमा हस्तक्षेप गर्न आवश्यक छैन।”