फ्रान्सविरुद्ध रोनाल्डोको यस्तो खराव रेकर्ड

पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्व च्याम्पियन फ्रान्सविरुद्ध निकै खराव रेकर्ड रहेको छ ।

क्रिस्टियानो रोनाल्डोले फ्रान्सबिरुद्ध ६ खेल खेलिसक्दा एक गोल पनि गर्न सकेका छैनन्, जुन उनको यती खेल खेल्दा क्लब र राष्ट्रिय टिमबाट गोल गर्न नसकेको पहिलो टोलि हो ।

गए राती भएको नेसन्स लिगको समूह चरणको खेलमा पोर्चुगल फ्रान्सबिरुद्ध १-० ले हार्न पुग्यो, उक्त खेलमा रोनाल्डोले आफ्नो जादु देखाउन सकेन । खेलमा चेल्सीका मिड्फिल्डर एनगोलो कान्टेले गोल गर्दै फ्रान्सलाई जित दिलाएका हुन् ।