फ्रान्सविरुद्ध गोल गर्दै मेस्सी राखे किर्तिमान

एजेन्सी । लिओनेल मेस्सीले फ्रान्सविरुद्ध गोल गर्दै विश्व कपमा नयाँ किर्तिमान राखेका छन् । उनले जारी खेलमा फ्रान्सविरुद्ध गोल गर्दै विश्व कपका सबै चरणमा गोल गर्ने पहिलो खेलाडि बनेको छ ।

भेट्रान स्ट्राइकरले खेलको २५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए ।

डेम्बेलेले डिबक्समा डि मरियालाई लडाए पछि अर्जेन्टिनाले पेनाल्टी प्राप्त गरेको थियो ।

३५ वर्षे मेस्सीले जारी विश्व कपमा मेक्सिकोविरुद्ध गोल गर्दै पहिलो गोल गरेका थिए ।

त्यसपछि, अन्तिम १६ मा अष्ट्रेलियासंगको खेलमा गोल गरे ।

उनले क्वाटरफाइनलमा नेदरल्यान्डविरुद्ध गोल गर्दै अर्जेन्टिनालाई सेमिफाइनलमा स्थान दिलाए ।

यस्तै, क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा पेनाल्टीमै गोल गर्दै मेस्सीले प्रतियोगिताको पाचौं गोल गर्न सफल रहे ।