स्विडिस स्ट्राइकर जलाटान इब्राहिमोभिचले किलियन एमबाप्पे, नेइमार र लियोनल मेस्सी जस्ता स्टार खेलाडी भए पनि आफुविना फ्रेन्च लिग वानको सान गुम्दै गएको दाबी गरेका छन् ।
इब्राहिमोभिचले सन् २०१२ देखी २०१६ सम्म पिएसजीबाट खेलेका थिए । यस क्रममा उनले सबैखाले प्रतियोगिता गरि १२ उपाधि जितेका थिए । इब्राहिमोभिचले लगातार चार सिजन पिएसजीबाट लिग वानको उपाधि जितेका थिए ।
उनले पिएसजीबाट एक सय ५६ गोल गरेका थिए । इब्राहिमोभिच हाल इटालियन सिरी ए को क्लब एसी मिलानमा छन् । उनले लिग वानमा आफ्नो अनुपस्थिती खड्एिको दाबी गरेका हुन् ।
#CFC 📽 – "La France a besoin de moi, mais moi je n'ai pas besoin de la France"
👉 Zlatan Ibrahimovic, en toute humilité 🤣 pic.twitter.com/6N0JEhrX8y
— CANAL+ SPORT Afrique (@cplussportafr) October 30, 2022
‘मैले पिएसजी छोडेपछि फ्रेन्च लिग वानको जुन उचाई थियो, त्यो घट्दै गएको छ’,इब्राहिमोभिचले भने, ‘लिगको रौनकता नै छैन । लिग वानले आफ्नो रौनकता फर्काउन म त्यहाँ फर्कनुपर्छ । फ्रान्सलाई म चाहिन्छ, मलाई फ्रान्स होईन । म फुटबलको भगवान हुँ, त्यसैले नेइमार, एमबाप्पे र मेसीको उपस्थितीले मात्र लिग वानको रौनकता फर्किदैन ।’