फ्रान्सलाई पछि पार्दै बेल्जियम फिफा वरीयताको शीर्ष स्थानमा, नेपालको स्थान कहाँ ?

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरीयताक्रम जारी गरेको छ । फिफाले जारी गरेको वरीयताअनुसार नेपाल अघिल्लो महिनाभन्दा एक स्थान तल झरेको छ । यसअघि नेपाल १ सय ६०औं स्थानमा रहेकोमा यस महिनाको वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ६१औं स्थानमा घटुवा भएको हो ।

यसपटक पनि दक्षिण एसियाली देशमा भारत सबैभन्दा अगाडि रहेको छ । ऊ वरीयताको ९७औं स्थानमा छ । भारतपछि राम्रो अवस्थामा माल्दिभ्स १ सय ५१औं स्थानमा रहेको छ । त्यसपछि भुटान १ सय ८८औं स्थानमा रहँदा बंगलादेश १ सय ९४औं स्थानमा छ भने पाकिस्तान १ सय ९९औं र श्रीलंका २ सय १ औं स्थानमा छ ।

यसपटक वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । उसले विश्वकप विजेता देश फ्रान्सलाई पछि पार्दै शीर्ष स्थानमा चढेको हो । फ्रान्स भने दोस्रो स्थानमा झरेको छ ।

यी हुन् टप–१५ देश :

बेल्जियम, फ्रान्स, ब्राजिल, क्रोएसिया, इंग्ल्यान्ड, उरुग्वे, पोर्चुगल, स्वीट्जरल्यान्ड, स्पेन, डेनमार्क, कोलम्बिया, अर्जेन्टिना, चिली, जर्मनी र नेदरल्यान्ड्स ।