फ्रान्समा सेप्टेम्बर सम्मका लागि फुटबल स्थगित

फ्रान्स सरकारले फुटबल लिग १ र लिग २ सिजन सेप्टेम्बरसम्मका लागि रद्द गरिएको छ । कोरोना भाइरस संक्रमणको महामारीको फुटबल खेल रद्द गरिएको हो ।

फ्रान्सली फुटबलका केही विज्ञहरु मे महिनामा मिटिङ बसेर अर्को सिजनको युरोपियन प्रतियोगिताको लागि योग्य खेलाडीहरु छानिने तयारीमा रहेको जनाइएको छ । सरकारले कोरोना भाइरसको महामारीको समयमा चाँडै फुटबल सुरु गर्न ठीक नमानेको कारण खेलहरु केही समय पछाडि धकेलिएको हो ।

कोरोनाको महामारीको कारण फ्रान्समा सेप्टेम्बरसम्म कुनै पनि खेलहरु नहुने जनाइएको छ । फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपले सोमबार दिउँसो सेप्टेम्बरसम्मका लागि सबै खालका खेलहरुलाई रद्द गरेको घोषणा गरेका छन् । फ्रान्समा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।

अहिलेसम्म फ्रान्समा २३ हजार २ सय ९३ जनाले ज्यान गुमाइसकेका छन् भने एक लाख ६५ हजार ८ सय ४२ जनामा संक्रमण देखिएको छ ।