फ्रान्सबाट नखेल्ने हल्ला बारे पोग्बाले मुख खोले

फ्रान्सका राष्ट्रपति म्याक्रोनले ‘इस्लामी आतंकवाद’ बारे गरेको टिप्पणीलाई लिएर म्यान्चेस्टर युनाइटेडका स्टार पौल पोग्बाले ‘फ्रान्सका लागि खेल्न छोड्ने’ खबर बारे इन्स्टाग्राम मार्फत बोलेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इस्ला अन्तर्राष्ट्रिय आतंकवादको स्रोत भनेर टिप्पणी गरे पछि पल पोग्बाले अन्तर्राष्ट्रिय फुटबल त्यागेको द सन ले छापेको थियो ।

यधपी, फ्रान्सका मिड्फिल्डर पौल पोग्बाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उक्त समाचारलाई ‘फेक’ रहेको बताए ।