फ्रान्सको सान्दार जितमा एमबाप्पेको १०० औ करियर गोल

विश्व विजेता फ्रान्सले युरो कप छनोट प्रतियोगितामा तेस्रो जित हात पारेको छ । यसअघि टर्कीसँग अविश्वसनीय हार ब्यहोरेको फ्रान्सले मंगलबार राती भएको खेलमा एन्डोर्रालाई ४–० ले हरायो । जितसँगै फ्रान्स समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

एन्डोर्राको मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउनका लागि केलियन एमबाप्पे, विसम बेन यड्डर र फ्लोरेन थाउभनि र कर्ट जोउमाले गोल गरेका थिए ।

फ्रन्सले ११औं मिनेटमा एम्बाप्पेको गोलबाट अग्रता लिएको थियो । एमबाप्पेले सो गोल संगै अरियरमा १०० औ गोल गर्न सफल भयो । त्यस्तै बेन यड्डरले ३० औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा थाउभिनले गोल गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाए ।

६०औं मिनेटका कर्ट जउमाले गोल गरेपछि फ्रान्सले सहज जित निकाल्यो ।