फ्रान्सलाई झट्का: स्टार स्ट्राइकरले विश्व कप गुमाउने

PARIS, FRANCE - JUNE 13: Christopher Nkunku, Karim Benzema and Kylian Mbappe of France during the UEFA Nations League League A Group 1 match between France and Croatia at Stade de France on June 13, 2022 in Paris, France. (Photo by James Williamson - AMA/Getty Images)

फ्रान्सका फरवार्ड क्रिस्टोफर एनकुन्कुले विश्वकप गुमाउने भएका छन् ।

प्रशिक्षण दौरान खुट्टामा चोट लागेपछि उनि विश्वकपबाट बाहिर रहने भएका हुन् ।

२५ वर्षीय एनकुन्कु बुन्डेसलिगाको शीर्ष गोलकर्ता हुन् । उनले आरबी लाइपजिगका लागि १५ खेलमा १२ गोल गरेका छन् ।

एनकुन्कु डिफेन्डिङ च्याम्पियन फ्रान्सका लागि उच्च-प्रोफाइल अनुपस्थितहरूको सूचीमा सबैभन्दा नयाँ हो, जसमा मिडफिल्डर पाउल पोग्बा र एन’गोलो कान्टे र डिफेन्डर प्रिस्नेल किम्पेम्बे समावेश छन् । उनको स्थानमा कसले खेल्ने भन्ने निश्चित छैन ।

फ्रान्सको टोली बुधबार कतार जाने छ । समूह ‘डी’ मा रहेको फ्रान्सले पहिलो खेलमा नोभेम्बर २३ मा अष्ट्रेलियासँग खेल्नेछ ।