फ्रान्सका लागि पेनाल्टी मिस गरेका खेलाडीहरू माथि जातीय दुर्व्यवहार

फिफा विश्व कप २०२२मा फ्रान्स अर्जेन्टिना सँग पराजित हुँदै उपाधि जित्न असफल भए पछि दुई फ्रेन्च खेलाडी माथि जातीय दुर्व्यवहार भएको जानकारी छ।

१२० मिनेटको खेल ३-३को बराबरीमा अन्त्य भए पछि खेल पेनाल्टीमा पुगेको थियो र पेनाल्टीमा अर्जेन्टिनाले ४-२को स्कोरमा जितेको थियो।

उक्त पेनाल्टी शुतआउटमा फ्रान्सका किंग्सले कोमन र चाउमेनी विफल भएका थिए भने खेल पछि हाल दुई स्टार खेलाडी माथि सामाजिक सञ्जालमा जातीय दुर्व्यवहार भएको रिपोर्ट छ। दुवै खेलाडीको इन्स्टाग्राममा जातीय दुर्व्यवहार हुने प्रकारको कमेन्ट र मेसेज आएको जानकारी छ।

उक्त दुई फ्रेन्च खेलाडी माथि सामाजिक सञ्जालमा जातीय दुर्व्यवहार भए पछि मेटाले उक्त कमेन्टहरू डिलिट गर्दै उक्त व्यक्तिहरूको आकौंटमा कारबाही गरेको छ।

लुसिल स्टेडियममा भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा अर्जेन्टिनाले बाजी मा’र्‍यो । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले पेनाल्टीमा गोल गरे ।

तर, किन्सले कोम्यानले, अरुलिन चुवामेनीले गोल गर्न चुके ।

अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालोले गोल गरे ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ