फ्रान्सका प्रशिक्षक डसच्याम्पले मेन्डी रियल मड्रिड जाने पक्का भएको बताए

लियोनका स्टार फेरल्याण्ड मेन्डी रियल मड्रिडबाट खेल्ने भएका छन् । लेफ्ट ब्याक पोजिसनबाट खेल्ने मेन्डी नयाँ सिजनमा रियल मड्रिडसंग जोडिने पक्का भएको हो ।

फ्रान्सेली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक डिडियर डसच्याम्पले यस कुराको पुष्टि गर्दै युवा स्टार खेलाडीको बिषयमा बोलेका हुन् । पछिल्लो समय मेन्डी स्पेनिस क्लब रियलसंग जोडिएका थिए । उनी ५० मिलियन युरोपमा लिग वान क्लबबाट रियल जाने भएका भएका हुन् ।

‘उनी निकै शानदार तरिकाले हुर्किए । उनी लिग वानमा दुई बर्ष अघि जोडिए । उनी अब रियल मड्रिडमा जानेछन् ।’ विश्ककप विजेता प्रशिक्षकले भने ।

‘उनका दुवै खुट्टा चल्छन् । उनी हरेक समय हामीसंग खेल्दा निकै राम्रो लाग्छ ।’ उनले भनेका छन् ।

रियल र लियोनले सम्झौताको औपचारिक घोषणा गरेका छैनन् । तर उनी अब रियलमा प्रवेश गर्ने तेस्रो खेलाडी हुनेछन् । यसअघि रियलले लुका जोभिक र ईडेन हजार्डलाई क्लबमा अनुबन्धन गरिसकेको छ ।