फ्रान्सका स्टार मिड्फिल्डर पौल पोग्बाले २०२२ कतार विश्वकप फुटबल गुमाउने भएका छन् । चोटका कारण पोग्बाले विश्वकप गुमाउने टुङ्गो लागेको हो ।
विश्वकप अघि पोग्बा निको हुने अपेक्षा गरिएको थियो । तर उनका एजेन्टले नयाँ घटनाक्रमबारे जानकारी दिदै पोग्बा आसन्न विश्वकपको हिस्सा नहुने बताएका छन् ।
पोग्बाका एजेन्ट राफायल पिमेन्टाले पोग्बा फ्रान्सेली टिम बाहिर रहने बताएका छन् । उनको घुडामा चोटको समस्या देखिएको छ । फ्रान्सका एनगोलो कान्टे यसअघिनै विश्वकप बाहिर रहने पक्का भैसकेको छ ।
France will have to defend their trophy without Kante and Pogba in the midfield 😧 pic.twitter.com/FhnkjGKrtW
— ESPN FC (@ESPNFC) October 31, 2022
पोग्बोले विश्वकप गुमाउने भएपछि फ्रान्सलाई अर्को ठुलो झट्का लागेको हो । फ्रान्सले पछिल्लो विश्वकपको उपाधि उचाल्दा पोग्बा र कान्टे टिमका महत्वपुर्ण हिस्सा थिए ।