एजेन्सी । म्यान्चेस्टर युनाईटेड तथा फ्रान्सका डिफेन्डर राफायल भरान विश्व कप खेल्ने भएको छ । पछिल्लो समय प्रशिक्षणमा फर्किए पछि विश्व कप खेल्ने सम्भावना बढेको छ ।
चेल्सीसंगको खेलमा चोटग्रस्त भए पछि उनी फ्रान्स राष्ट्र टिमको रेहाब सेन्टरमा व्यस्त हुँदै आएका थिए ।
२०१८ विश्व कप विजेता भरान फ्रान्सको सफलताको मुख्य सदस्य रहेका छन् । तर, छोटो समयमा प्रशिक्षणमा फर्केका कारण भरान म्याच फिट कतिको हुन्छ समयले बताउनेछ ।
फ्रान्सले कतार वुश्व कपमा आफ्नो पहिलो खेल नोभेम्बर २२ मा अष्ट्रेलियासंग खेल्दैछ ।
त्यस्तै, फ्रान्सेली डिफेन्डरले युनाईटेडको विश्व कप अघिका दुई खेलमा सहभागी हुने सम्भावना बलियो देखिन्छ ।
फ्रान्स राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डिडियर डेसम्पले बुधबार विश्व कप खेल्ने टोलि घोषणा गर्दैछ ।
यसअघि, फ्रान्सका दुई प्रभावसाली मिडफिल्डर एङोली कान्टे र पल पोग्बाले विश्व कप गुमाउने भईसकेका छन् । भरानको आगमनले फ्रान्सलाई थप हौसला मिल्नेछ ।