फ्रान्क रिबेरी इटालियन क्लबमा अनुबन्धित

फ्रान्क रिबेरी इटालियन क्लब फियोरेन्टिनामा अनुबन्धित भएका छन् ।

रिवेरीलाई फियोरेन्टिनाले दुई वर्षका लागि ३.६ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । उनको अनुबन्धमा बोनसपाउने समेत उल्लेख छ । उनको बुधबार मेडिकल परीक्षण हुनेछ ।

३६ वर्षीय रिवेरीले बायर्नमा १२ वर्ष बिताएर अघिल्लो सिजनबाट बायर्न छाडेका थिए । उनले १२ वर्ष त्यहाँ रहँदा विभिन्न २३ ट्रफी जितेका थिए ।

रिवेरीको अनुबन्धसँगै फियोरेन्टिनाले इटालियन सिरी ‘ए’ मा राम्रो पोजिसनमा आउने विश्वास लिएको छ । फियोरेन्टिना अघिल्लो सिजन रेलिगेसनबाट ३ अंकले मात्रै बचेको थियो । केभिन प्रिन्स बोएटिङलाई पनि क्लबमा अनुबन्ध गरिसकेको छ ।