लिभरपूल र चेल्सी बीचको खेलमा दुइ कोच बीच भनाभन भएको थियो र उक्त घटनाको भिडियोहरु अहिले भाइरल भएको छ।
लाम्पार्डले लिभरपूलका कोच क्लोपबिरुद्ध आपत्तिजनक शब्द प्रयोग गरेको पनि खुलेको छ।
चेल्सीका कोच लाम्पार्ड कोवाचिकको चुनौतीमा रेफरीको निर्णयबाट खुसी थिएनन् र उनि क्लोप संग भनाभन गर्न पुगे।
Frank Lampard is all of us. pic.twitter.com/suu7q8bJfO
— 𝙸𝚜𝚑 🍍 (@afourmiler) July 23, 2020
“यो कसरी फाउल भयो? त्यहाँ कुनै फाउल छैन,” लाम्पार्डले फोर्ट रेफरीलाई भन्दै थिए र क्लोप संलग्न भए पछि दुई बीचनै भनाभन हुन पुगेको थियो।
“Only title you’ve ever won and you’re f***ing giving it the big un, f*** off!” https://t.co/TlhNo5oCex
— Buzz Sport (@buzzsport_ie) July 23, 2020
लाम्पार्डले लिभरपूलले अहिले सम्म एउटै मात्र लिग जितेको भनेर खिल्ली उडाउँदै गरेको देखिन्छ।
उक्त खेल चेल्सीले ५-३ हारेको थियो। खेलमा भएको दुईकोच बीचको भनाभन हाल सामाजिक संजालमा भाइरल भएको छ। स्टेडियममा दर्शकको अनुपस्थितिले दुई बीच भएको भनाभन स्पष्ट रूपमा सुन्न सकिन्छ।