फ्रयान्क लाम्पार्ड प्रिमियर लिगमा फर्किन सक्ने  

पूर्व चेल्सी कोच फ्रयान्क लाम्पार्ड फेरी प्रिमियर लिगमा फर्किन सक्ने खबर रहेको छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार फ्रयान्क लाम्पार्ड क्रिस्टल प्यालेसका कोचको रुपमा प्रिमियर लिगमा फर्किन सक्ने छन्।

२०१९मा चेल्सीको कोच बनेका लाम्पार्डलाई २०२१मा क्लबको खराब फम पछि चेल्सीले बर्खास्त गरेको थियो। फ ए कपमा लुटन टाउन विरुद्धको जितको बाबजुद चेल्सीले आफ्नो लेजेण्ड फ्रयान्क लाम्पार्डलाई बर्खास्त गर्ने निर्णय लिएको थियो र हाल खबर अनुसार फ्रयान्क लाम्पार्ड प्रिमियर लिगमा फर्किन सक्ने छन्।

यो महिनामा क्रिस्टल प्यालेस आफ्नो कोच रोय हडसन सँग अलग हुने खबर छ र उनको ठाउँ पूर्व चेल्सी कोच फ्रयान्क लाम्पार्डले लिन सक्ने जानकारी छ।

फाब्रिजियो रोमानोका अनुसार क्रिस्टल प्यालेस अझै लाम्पार्ड र उनको एजेन्ट सँग सम्भावित नयाँ प्रबन्धकको रूपमा सम्पर्कमा छन् – र उक्त कुराकानीमा प्रगति हुँदै गरेको पनि खबर छ।

लाम्पार्ड एक क्लब लेजेण्ड हुन् जसले चेल्सीको लागि ठुलो योगदान गरेका छन्। उनले फुटबलमा आफ्नो क्यारियरको विशाल हिस्सा ब्लूजलाई समर्पित गरिसकेका छन् – र चेल्सीले उनलाई २०२१मा बर्खास्त गरेको थियो र उनको ठाउँ पूर्व पिएसजी प्रशिक्षक थोमस टुचेल लिएका थिए।