एफ ए कपमा लुटन टाउन बिरुद्धको जितको बावजुद चेल्सीले आफ्नो लेजेण्ड फ्रयान्क लाम्पार्डलाई बर्खास्त गर्ने निर्णय लिए। चेल्सी एक यस्तो क्लब हो जसले प्राय जसो ‘कडाइका साथ व्यवसाय’ मानसिकता अपनाउने गरेको छ, त्यसैले लाम्पार्डको बारे फैसला लिने क्रममा क्लब भावनाले निर्णयलाई असर गरेको छैन।
🗣 “Frank hasn’t been allowed to the training ground this morning or this afternoon to say his goodbyes.”
Gary Cotterill on the brutality of Frank Lampard’s sacking at Chelsea pic.twitter.com/VW8aCJYx67
— Football Daily (@footballdaily) January 25, 2021
क्लबको लेजेण्ड भएको कारण चेल्सीले उनलाई केहि आदरको साथ अलविदा दिने धेरैको सोच रहेको बेला क्लबले उनलाई अन्तिम पटक प्रशिक्षण मैदानमा आफ्नो खेलाडीहरुलाई बिदाइ दिन पनि अनुमति नदिएको स्काईस्पोर्ट्सका पत्रकारले खुलाएका छन्।
The announcement of Thomas Tuchel as new Chelsea manager is ‘just a matter of time’… paperworks and contracts set to be completed. 🔵🤝 #CFC #Chelsea
— Fabrizio Romano (@FabrizioRomano) January 26, 2021
लाम्पार्ड एक क्लब लेजेण्ड हुन् जसले चेल्सीको लागि ठूलो योगदान गरेका छन्। उनले फुटबलमा आफ्नो क्यारियरको विशाल हिस्सा ब्लूजलाई समर्पित गरिसकेका छन् – र चेल्सीले उनलाई राम्रो संग बिदा दिनु पर्ने धेरैको विश्वास छ।
अब उनको स्थानमा पुर्व पीएसजीका प्रशिक्षक थोमस टुचेल लिने खबर छ।