फ्यान संग झगडा गर्न टोटनह्याम खेलाडी दर्शकको स्ट्यान्डमा चढे पछि (VIDEO)

एरिक डायरले बुधवार भएको एफए कप खेल पछि सबैलाई चकित पार्ने काम गरे, खेल हारे पछि उनि फ्यानसँग झगडा गर्न दर्शकको स्ट्यान्डमा छिरे।

जोसे मोरिन्होका टिमले नर्विच सिटी संगको १-०को अग्रता जगाउन नसक्दा खेल पेनल्टी शूटआउटमा गयो र स्पर्स नकआउट हुन पुग्यो।

पेनाल्टीमा स्पर्स ३-२ले हारे पछि अर्को एक अचम्म लाग्दो घटना भयो। खेल पछि स्पर्सका स्टार एरिक डायर फ्यान संग झगडा गर्न दर्शकको स्ट्यान्डमा छिरे।

 उनि दर्शकको स्ट्यान्डमा छिरे पछि केहि समर्थकहरूले स्ट्यान्डबाट उनको भिडियो लिएर सोशल मिडियामा फुटेज अपलोड गरे र उनको त्यो व्यवहार सोशल मिडियामा भाइरल बनेको छ।

उक्त फ्यान संग उनको किन झगडा भएको भनेर कुरा खुलेको छैन।

स्पर्सका कोच मोरिन्होले पछि सुझाव दिए कि त्यो घटना उनको “भाइ” सँग सम्बन्धित हुन सक्छ।

यद्यपि ‘स्पेशल वन’ ले उक्त घटनाप्रति आफ्नो खेलाडीको प्रतिक्रियाको निन्दा गरेका छन् र भने “उनले के गल्ती गरे।”