फ्यानटासी प्रिमियर लिग क्लबहरूको लागि ठुलो समस्या बन्दै

प्रसिद्ध अनलाइन फुटबल खेल फ्यानटासी प्रिमियर लिगको कारण क्लबहरू समस्यामा पर्दै गरेको प्रिमियर लिग क्लबहरूको गुनासो रहेको छ।

फ्यानटासी प्रिमियर लिग एक अनलाइन खेल हो जसमा प्रयोगकर्ताहरुले प्रिमियर लिग क्लबका खेलाडीहरू समावेश गर्दै टिम बनाउने गर्छन् र सो खेलाडीहरूले साँच्चै मैदानमा गोल गरे भने प्रयोगकर्ताहरुले अङ्क पाउने गर्छन्।

तर द एथलेटिकका अनुसार फ्यानटासी प्रिमियर लिग क्लबहरूको ठुलो समस्या बन्दै गएको छ। फ्यानटासी प्रिमियर लिगको कारण खेलाडीले आउँदो खेल खेल्ने वा नखेल्ने ’bout जानकारी अनौपचारिक रूपमा सार्वजनिक हुने गरेको भेटिएको छ।

ठुलो फुटबल स्टार र फिजियोहरुले पनि फ्यानटासी प्रिमियर लिग खेल्ने गर्छन र गोप्य जानकारीमा आफ्नो पोहोच भएको कारण उक्त खेलाडीहरूले आफ्नो टिममा फेर बदल गर्दा खेलाडीले आउँदो खेलमा खेल्ने वा नखेल्ने ’bout जानकारी अनौपचारिक रूपमा फैलिने गरेको छ।

भर्खरको उदाहरण एस्टन भिल्लाका कप्तान ज्याक ग्रेलीशको चोट रहेको छ। उनले आउँदो खेल चोटको कारण नखेल्ने कुरा क्लबले आधिकारिक रूपमा भन्न अगाडी फ्यानटासी प्रिमियर लिगको कारण सबै ठाउँमा लिक भैसकेको थियो। उनको टिम मेटहरूले उनलाई आफ्नी फ्यानटासी प्रिमियर लिग टिमबाट निकाले पछि सो कुरा अनौपचारिक रूपमा सार्वजनिक भएको थियो।

प्रिमियर लिग क्लबहरू यो कुराबाट धेरै गम्भीर छन् र सो ’bout क्लबहरूले वार्ता गर्ने खबर छ।