फोर्ब्सले सार्वजनिक गर्यो सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीहरूको सुची

प्रसिद्ध म्यागेजिन फोर्ब्सले सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीहरूको सुची तयार गरेको छ र उक्त सुचीको अनुसार म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो हाल सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी रहेका छन्।

क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेडमा ट्रान्सफरले रोनाल्डोलाई लियोनल मेस्सीलाई उछिनेर फोर्ब्सको सुचीमा सबैभन्दा धेरै कमाउने फुटबलर बन्न मद्दत गरेको छ। रोनाल्डोले २०२१-२२ को सिजनमा $१२५ मिलियन कमाउने जानकारी छ र उक्त $१२५ मिलियन मध्ये $७० मिलियन भने उनको तलब र बोनस रहेको छ र बाँकी भने व्यक्तिगत प्रायोजनहरूबाट रहेको फोर्ब्सले जनाएको छ।

दोस्रो स्थानमा भने पिएसजीका नयाँ सुपरस्टार लियो मेस्सी रहेका छन् उनको यो सिजनको कमाई $११० मिलियन हुने जानकारी छ- तेस्रो ठाउँमा भने नेमार रहेका छन् भने चौथो स्थानमा पनि पिएसजी कै स्टार एम्बाप्पे रहेका छन्।

हाल सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

Cristiano Ronaldo- Manchester United $125m

Lionel Messi- Paris Saint-Germain $110m

Neymar- Paris Saint-Germain $95m

Kylian Mbappe Paris Saint-Germain $43m

Mohamed Salah Liverpool $41m

Robert Lewandowski Bayern Munich $35m

Andres Iniesta Vissel Kobe $35m

Paul Pogba Manchester United $34m

Gareth Bale Real Madrid $32m

Eden Hazard Real Madrid $29m