एजेन्सी । चेल्सीका फरवार्ड जाओ फेलिक्सले लिभरपुलसंगको खेल नखेल्ने भएको छ । डेब्यु खेलमा रातो कार्ड पाए पछि उनी तीन खेलको प्रतिबन्धमा परेका छन् ।
-
चेल्सीले फेलिक्सलाई एट्लेटिको मड्रिडबाट लोनमा अनुबन्ध गरिएको थियो ।
फुलहमविरुद्धको खेलमा टेटेलाई ट्याकल गरे पछि रेफ्रिले सोझै रातो कार्ड देखाएका थिए ।
प्रतिबन्धको एक खेल बितिसकेको छ भने मैदानमा फर्किन दुई खेल बाकी छ ।
२३ वर्षिय जाओले फेब्रुअरी ११ मा वेस्ट ह्यामसंगको खेलमा मैदानमा उत्रिने तयारीमा छ ।
त्यस्तै, भोलि हुने लिभरपुल र चेल्सीबिचको खेलमा पनि फेलिक्स उपलब्ध हुने छैनन् ।