फेरेनक्वेरोसी टीसीबिरुद्धको च्याम्पियन्स लिग खेलमा पनि मेस्सी नखेल्ने

लियोनेल मेस्सी बार्सिलोनाको लागि लगातार दोस्रो च्याम्पियन्स लिग खेलमा अनुपस्थित रहनेछन्। रोनाल्ड कोम्यानले हंगेरीको यात्रामा बार्साका सुपरस्टारलाई आराम दिने निर्णय गरेका छन्।

लियोनेल मेस्सी बार्सिलोनाको च्याम्पियन्स लिग टीमबाट हप्तामा दोस्रो पटक बाहिरिएका छन्। पछिल्लो मंगलबार डायनामो कीभ बिरुद्धको खेलमा पनि रोनाल्ड कोम्यानले मेस्सीलाई आराम दिएका थिए।

र हाल डच कोचले फेरी पानो मेस्सीलाई टिम बाहिर छोडेका छन र बार्साले फर्नक्वारोस बिरुद्धको च्याम्पियन्स लिगको खेलमा मेस्सी बिना खेल्ने छ।

काउटिन्हो र मार्क-आंद्रे टेर स्टेगेनले पनि सो खेल नखेल्न सक्ने खबर रहेको छ। खेल बुधवार रात १:४५मा हुने छ। हाल बार्सा च्याम्पियन्स लिगको ग्रुप जीको शीर्ष स्थानमा रहेको छ।