“फेरी पनि च्याम्पियन्स लिग जित्न चाहन्छु”

लिभरपुल गोलकिपर एलिसन बेकर फेरि पनि च्याम्पियन्स लिग जित्न चाहन्छन्। २०१९मा फाइनलमा टोटनह्याम विरुद्ध जित पछि ब्राजिलियनले आफ्ना टिमका साथ च्याम्पियन्स लिग जितेका थिए।

त्यस पछि लिभरपुलले प्रिमियर लिग जित्यो, तर हाल रेड्सको खेल लिगमा केही खस्किएको छ। तर अझै पनि लिभरपुल च्याम्पियन्स लिगमा छ, र फेरी पनि युरोपेली उपाधि जित्ने एलिसनको सपना रहेको छ।

एलिसनले फोरफोर टुलाई भने: “जीवन भनेको आफ्नो सपनाहरूको लागि लड्ने हो।

“तपाईँले आफ्नो सपना बदल्न सक्नुहुन्छ वा यसलाई अपडेट गर्न सक्नुहुन्छ, तर तपाईँलाई खुसी पार्ने कुराको लागि तपाईँले लड्नु पर्छ।

“फुटबलमा ट्राफी जित्नु नै मुख्य लक्ष्य हो। मलाई च्याम्पियन्स लिग फाइनल जित्नको भावना थाहा छ र म यसलाई बारम्बार महसुस गर्न चाहन्छु।”