फेरी पनि खतरनाक ट्याकलको सिकार बने नेमार

फ्रेन्च लिग वानमा सेन्ट-एटिन र पेरिस सेन्ट जर्मेन बिचको खेलमा नेमार चोट ग्रसित हुन पुगेका छन् र उनले आउँदो खेलहरू गुमाउने सम्भावना निकै धेरै रहेको छ। नेमार धेरै चोट ग्रसित हुने गरेको भनेर धेरै आलोचना हुने गरेको छ तर नेमार खतरनाक ट्याकलको सिकार बन्ने गरेका छन् र सेन्ट-एटिन विरुद्ध पनि यही कथा रहेको छ।

खेलको ८५ औँ मिनेटमा उनी माथि सेन्ट-एटिनका खेलाडीले निकै खतरनाक ट्याकल गरेको थियो जसको कारण उनी चोट ग्रसित भएका थिए र उनलाई स्ट्रेचरमा मैदान बाहिर लग्न परेको थियो। हाल उनको एङ्कलमा चोट लागेको खबर छ भने उनी धेरै समय सम्म मैदान बहिरा हुन सक्ने खबर रहेको छ।

खेलमा चोट लागे पछि स्ट्रेचरमा मैदान छोड्न परे पछि नेमार धेरै भावुक देखिन्थे भने पिएसजीका फ्यानहरू पनि उनको चोटबाट चिन्तित हुने छन्।

उक्त खेल भने पिएसजीले १-३ले जितेको छ। खेलमा सेन्ट-एटिनले २३औँ मिनेटमा गोल गर्दै अग्रता लिए पनि पिएसजीको लागि मर्किन्होसले खेल बराबरीमा लागेका थिए भने डि मारियाले ७९ मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए र मर्किन्होसले खेलको अन्तिम समयमा फेरी १ गोल गर्दै पिएसजीलाई ३-१को जित दिलाएका थिए।