फेनरबाचेद्वारा आफ्नो वृद्ध फ्यानको जोडीलाई श्रद्धांजलि

फेनरबाचेले क्लबका वृद्ध फ्यानको जोडीलाई श्रद्धांजलि दिएका छन्। मुमताज अम्का र इहसान तीएज क्लबका पुरानो र प्रसिद्ध फ्यान थिए र खेलको क्रममा उक्त जोडी जहिले स्टेडियममा उपस्थित हुने गर्थे।

 

दुबैको निधन पछि हाल क्लबले मुमताज अम्का र इहसान तीएजको फोटो उक्त जोडी बस्ने सीटमा श्रद्धांजलिको राखेका छन् ।

उक्त वृद्ध जोडी स्टेडियममा हरेक खेलको लागि आउने गर्थे। २०१६मा मुमताज अम्काको निधन पनि उनका श्रीमती इहसान तीएज एक्लै भए पनि खेल हेर्न आउने गर्थे तर दुःखको कुरा- इहसान तीएजको पनि हालै निधन भएको थियो र क्लबले दुई फ्यानको सम्मानको रुपमा मुमताज अम्का र इहसान तीएजको फोटो उक्त जोडी बस्ने सीटमा श्रद्धांजलिको राखेका छन् ।

उक्त फ्यानको जोडी धेरै प्रसिद्ध थिए र धेरै समय देखि उनीहरु क्लबको फ्यान रहेका थिए।