फेडेररले टोक्यो ओलम्पिक गुमाउने

एजेन्सी, स्विस स्टार रिजर फेडेरर टोक्यो ओलम्पिकबाट नाम फिर्ता लिएका छन। घुडामा चोट बोक्न पुगे पछि उनले ओलम्पिकबाट नाम फिर्ता लिएको हो।

भर्खरै सम्पन्न भएको विम्बल्डनमा फेडेरर क्वाटरफाइनलमा हुबर्ट हुर्काजसंग पराजित हुदै बाहिरिएका थिए। हुर्काजविरुद्ध ६-३, ७-३ (४), ६-० को सेटमा पराजित भएको थियो।

पुर्व नम्बर एक खेलाडी फेडेरर २०२० मा घुडाको शल्यक्रिया गर्दै १२ महिना कोर्ट बाहिर बसेका थिए।

बेजिङ ओलम्पिक २००८ मा स्विस स्टारले स्टान वारिन्कालाई हराउदै स्वर्ण पदक जित्न सफल भएको थियो भने लण्डन ओलम्पिकमा फाइनलमा एन्डि मुरेसंग पराजित हुँदै रजत पदकमा चित्त बुझाउन पर्यो।

त्येस्तै, २०१६ रिओ डि जिनेरियो ओलम्पिकमा घुडामा चोटका कारण गुमाउन पुगे।