फूटबल स्टारहरुद्वारा कोबे ब्रायन्टको निधन प्रति दुःख व्यक्त

अमेरिकाको क्यालिफोर्नियाको क्यालाबास शहरमा हेलिकप्टर दुर्घटनामा अमेरिकी बास्केटबलका दिग्गज कोबे ब्रायन्ट र उनकी छोरी जियानासहित ९ जना मारिएका थिए।

उनको निधनले बास्केटबल फ्यानहरु मात्र हैन सबै खेल प्रेमीहरु दु: खी छन्।

उनको निधन प्रति धेरै फुटबललका स्टारहरुले दुःख व्यक्त गरेका छन्।  मेस्सी र रोनाल्डो देखि धेरै फुटबल स्टारले उनलाई सम्झँदै सामाजिक संजाल पोस्ट गरेका छन्।

रोनाल्डोले आफ्नो ट्वीटरमा उनलाई सम्झँदै पोस्ट गरे।

मेस्सी र डिएगो माराडोनाले पनि उनलाई श्रद्धांजलि दिए।

 


लस एन्जेलसका प्रहरी अधिकारीले उक्त दूर्घटनामा कोहि पनि जीवित नरहेको पुष्टि गरेका थिए । दूर्घटनामा परि मारिएका ब्रायन्ट अमेरिकी बास्केटबल इतिहासमा सबैभन्दा ठूलो खेलाडी मध्ये एक मानिन्थे ।

अमेरिकी राष्ट्रिय बास्केटबल संघले विज्ञप्ति जारी गर्दै कोबे ब्रायन्ट र उनकी छोरी जियानाको दुर्घटनामा निधनभएको पुष्टि गरेको थियो ।