“फूटबल मेरो सबै थोक हो तर परिवार भन्दा ठुलो केहि पनि हैन” – मेस्सी

लियोनल मेसीले आफ्नो निजी संग्राहलय खोल्न सक्छन् तर उनले फुटबल आफूलाई मन पर्ने भएपनि परिवार आफ्नो लागि सबै थोक भएको बताएका छन् । क्रिसमस बिदामा रहेका मेसीले मार्सालाई विशेष अन्तर्वार्ता दिँदै उक्त कुरा बताएका हुन् । उनले भने ‘मलाई फुटबल मनपर्छ तर मेरो परिवार मेरो लागि विशेष छ ।’

हाल क्रिसमस मनाउनाको लागि अर्जेन्टिना पुगेका मेसीले युभेनट्सका खेलाडी क्रिस्टियानो रोनाल्डोको बारेमा पनि कुरा गरेका छन् । उनले क्रिस्टियानोबारे भने ‘मेरो र क्रिस्टियानोबीचको प्रतिस्पर्धा निकै स्वच्छ छ र दर्शकहरुको लागि पनि रामाइलो लागिरहेको होला ।’ त्यस्तै बलोन डी’ओरको बारेमा भने ‘मैले बलोन डी’ओरको सूचीमा परेकाहरुको सूची बारेमा थाहा थियो । र मलाई पहिल्यै त्यहाँ फिट नहुने भन्ने लागेको थियो ।’

त्यस्तै अन्तर्वार्तामा मेसीले पेप ग्वार्डिवला, ओस्माने डेम्बेले, नेयमार, आन्द्रेज इनियष्टा, ला मासिया तथा बार्सिलोनाको बारेमा सकारात्मक कुरा बोलेका छन् ।